लागू औषध सहित कोशीका विभिन्न जिल्लाबाट ८ जना पक्राउ, गाँजा र ब्राउन सुगर बरामद

विराटनगर, असार २८ । कोशी प्रदेश प्रहरीले लागू औषधविरुद्ध सञ्चालन गरिरहेको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट २ किलो ९५७ ग्राम गाँजा र ७ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित रत्नबहादुर मगरको घरमा खानतलासी गर्दा बोरामा लुकाएर राखिएको २ किलो ९५७ ग्राम गाँजा बरामद गरेको हो। उक्त घटनामा स्थानीय ७० वर्षीय रत्नबहादुर मगर पक्राउ परेका छन्।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारमा इलाका प्रहरी कार्यालय लौकहीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। सो घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ निवासी सुरेन्द्र महत्तो पक्राउ परेका छन्।

यस्तै, इटहरी उपमहानगरपालिका–१ आदर्श टोलमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले इटहरी–२० निवासी ३६ वर्षीय हरीप्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका भारत, अररिया जिल्ला पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका–३ निवासी २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖