नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज

काठमाडौं । समयमै निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनी तथा फर्मको इजाजतपत्र स्वतः खारेज भएको छ। पूर्वाधार विकास मन्त्रालयले कानुनी समयसीमा नाघेपछि ती निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरिएको जनाएको हो।

मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवद्र्धन शाखाका अनुसार निर्माण व्यवसाय ऐन, २०५५ बमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि २०८२ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था थियो। तर, तोकिएको अवधिभित्र नवीकरण नगरेपछि सम्बन्धित ४४ निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार निर्माण व्यवसाय ऐनको दफा ७ बमोजिम इजाजतपत्र खारेज गरिएको हो। यससम्बन्धी जानकारी मन्त्रालयका सचिवस्तरीय निर्णयअनुसार सार्वजनिक सूचना जारी गर्दै गराइएको छ। मन्त्रालयले निर्माण व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्दै समयमै इजाजतपत्र नवीकरण गर्न पनि आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖