पेस्तोल सहित तीन जना पक्राउ
सिरहा — सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले पुरानो पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले शंकास्पद रूपमा हिँडिरहेका सबरजीत दासलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९ एमएम जस्तो देखिने म्याग्जिनसहितको पुरानो पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा गुरुदेव दास र संजय दासलाई समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहान, सिरहा पठाइएको प्रहरीले जनाएको छ।


