ताप्लेजुङ्गमा सलबलाए मादेनहरू

ताप्लेजुङ । ताप्लेजुङमा स्वर्गीय हर्कजङ्ग मादेनको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले ‘हर्कजङ्ग मादेन स्मृति प्रतिष्ठान’ विधिवत् गठन गरिएको छ।

श्रावण १९ गते मङ्गलबार डिल्लीजङ्ग मादेनको निजी निवासमा सम्पन्न भेलाले साहित्यकार चन्द्र मादेन आन्छनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति, तीन संरक्षक तथा तीन सल्लाहकार चयन गरेको हो।

प्रतिष्ठानको उपाध्यक्षमा शिव मादेन र नारायणप्रसाद मादेन, सचिवमा प्रकाश मादेन, सहसचिवमा कुलदीप मादेन तथा कोषाध्यक्षमा छत्र मादेन र कर्णहाङ मादेन चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा इन्दिरा मादेन (कुरुङबाङ), शिव मादेन (स्टुडियो), धनमाया मादेन (लक्सम), जीवन मादेन (सेगुम्बा, यूके), जीवन मादेन, विष्णु मादेन, प्रदीप मादेन, सागर मादेन र अनुपजङ्ग मादेन रहेका छन्।

प्रतिष्ठानका संरक्षकमा डिल्लीजङ्ग मादेन, कैलाश मादेन र सन्तोष मादेन तथा सल्लाहकारमा विक्रम मादेन, किर्तीमान मादेन र अमिर मादेन चयन भएका छन्।

भेलाले हालसम्म जङ्ग परिवारबाट संकलित रु. १७ लाख १७ हजार बराबरको अक्षय कोष तीनजनाको संयुक्त मुद्दती खातामा राख्ने निर्णय गरेको छ। उक्त कोषबाट प्राप्त हुने ब्याजमार्फत २०८४ सालदेखि भानु माध्यमिक विद्यालयको कक्षा ११ का उत्कृष्ट एक विद्यार्थीलाई रु. ४१ हजार १ सय ११ नगद, प्रमाणपत्रसहित सम्मान गर्ने निर्णय गरिएको छ।

यसका साथै बाँकी रकमबाट स्वर्गीय हर्कजङ्ग मादेनले निर्माण गराएका पार्टी, पौवा, धाराकुटी, मठ–मन्दिर तथा अन्य सार्वजनिक संरचनाको संरक्षण, मर्मत–सम्भार र उहाँको स्मृतिलाई जीवन्त राख्ने विभिन्न परोपकारी कार्य सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। प्रतिष्ठानले आगामी दिनमा हर्कजङ्ग मादेनका छोरा, नाति, पनाति तथा सम्पूर्ण वंशज परिवारबाट अक्षय कोषलाई थप विस्तार गर्दै लैजाने जनाएको छ।

स्वर्गीय हर्कजङ्ग मादेनको जन्म वि.सं. १९५२ भदौ ३ गते ताप्लेजुङमा भएको थियो। उहाँ ताप्लेजुङका प्रथम न्यायाधीश तथा कुशल प्रशासकका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको पहलमा वि.सं. २००६ सालमा जिल्लाको पहिलो विद्यालय भानु माध्यमिक विद्यालय स्थापना भएको मानिन्छ। साथै व्यक्तिगत रूपमा धारा, कुटी, पार्टी, पौवा, मठ–मन्दिर तथा बाटोघाटो निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै ऐतिहासिक पाथिभरा (मुकुमलुङ) देवीस्थलको विकासमा पनि अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो।

विभिन्न जातजातिबीच सद्भाव, शान्ति र सामाजिक एकताको वातावरण कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएका हर्कजङ्ग मादेनको निधन वि.सं. २०२६ भदौ १३ गते भएको थियो। उहाँको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।