लेटाङको रिसोर्टमा जबरजस्ती करणीको आरोप, महिला सहित तीन जना पक्राउ

माेरङ, २० साउन । मोरङको लेटाङ नगरपालिका-१ स्थित एक रिसोर्टमा महिलालाई नशालु पदार्थ सेवन गराई ज्यान मार्ने धाकधम्कीसमेत दिई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका-५ बस्ने २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका-८ बस्ने ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा पक्राउ परेका हुन्।

 

प्रहरीका अनुसार पीडित महिलालाई तीनै जनाको मिलेमतोमा नशालु पदार्थ सेवन गराई लेटाङ-१ स्थित एक रिसोर्टमा लगिएको र त्यहाँ ज्यान मार्ने धाकधम्की दिई डम्बर बहादुर खतिवडाले जबरजस्ती करणी गरेको आरोप छ।

 

घटनासम्बन्धी जाहेरी तथा सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतबाट जबरजस्ती करणी मुद्दामा ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप तथ्य तथा प्रमाण संकलन गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।