जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कर्तव्य ज्यान मुद्दाका कैदी तेह्रथुमबाट पक्राउ

तेह्रथुम । जेन्जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले तेह्रथुमबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तेह्रथुमको लालिगुराँस नगरपालिका–८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपाली रहेका छन्।

जिल्ला अदालत तेह्रथुमले कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। सजायमध्ये ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहँदा उनी सुनसरीस्थित झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए।

प्रहरीका अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए।

फरारपछि आफ्नै घरमा लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरी निरीक्षक रुपेश तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले साउन २१ गते राति करिब २ बजे उनलाई घरबाटै पक्राउ गरेको हो।

पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।