इटहरीमा किशोरको मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहन आरोपमा चार जना पक्राउ

सुनसरी । इटहरीमा १६ वर्षीय किशोर मृत फेला परेको घटनामा आत्महत्या दुरुत्साहनको आरोपमा चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साउन १९ गते दिउँसो करिब २:३० बजे इटहरी उपमहानगरपालिका–९ भद्रटोलस्थित डेरामा बस्दै आएका बुद्धिसागर न्यौपानेका १६ वर्षीय छोरा सरोज न्यौपाने आफ्नै कोठाभित्र सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

घटनापछि साउन २० गते आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी परेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो। जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय इटहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–९ निवासी २७ वर्षीय अशोक न्यौपाने, ३३ वर्षीय नमराज न्यौपाने, ४३ वर्षीय बुद्धिसागर न्यौपाने र ३९ वर्षीया मुना न्यौपाने रहेका छन्।

प्रहरीले आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।