बेलबारीकी रमाको सर्पदंश पछि उपचारका क्रममा मृत्यु
मोरङ । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गकी ३० वर्षीया रमा घिमिरे देवकोटाको सर्पदंशबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो करिब १२:३० बजे आफ्नै घरको भान्सामा काम गरिरहेका बेला सर्पले उनको बायाँ खुट्टामा टोकेको थियो।
सर्पले टोकेपछि तत्काल उपचारका लागि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


