सामुदायिक वन क्षेत्रमा बोरा भित्र महिलाको शव फेला
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार साउन २२ गते दिउँसो करिब १ः५० बजे सेल्फी रोड नजिकको सामुदायिक वनमा सेतो बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
हालसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन।
घटनास्थलको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पहिचान र मृत्युको कारण खुलाउने उद्देश्यले प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।


