खोटाङमा ट्रकको फल्स बटमबाट १ हजार ३१५ किलो गाँजा बरामद, चालक फरार

खोटाङ । खोटाङ प्रहरीले ट्रकमा बनाइएको फल्स बटमबाट १ हजार ३१५ किलो गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार साउन २२ गते राति करिब १२ः३० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ वालिङस्थित मध्यपहाडी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा रोकिराखिएको प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकलाई प्रहरीले जाँच गरेको थियो।

प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा खटिएको टोलीले ट्रकको सूक्ष्म निरीक्षण गर्दा चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा १ हजार ३१५ किलो गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजासहित ट्रकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङमा राखिएको छ।

घटनामा संलग्न ट्रकका चालक तथा धनी फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।