खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइन मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई सर्लाहीबाट पक्राउ गरेको छ।
ब्यूरोका अनुसार मिति २०८३ साउन २२ गते शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइन ५१.९२० ग्राम बरामद भएको मुद्दामा फरार रहेका दुई जनालाई ईश्वरपुर नगरपालिका–५, सर्लाहीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ का ४५ वर्षीय मित्रकुमार गौतम र सोही स्थानका ४० वर्षीय राम उदगार महतो रहेका छन्।
उनीहरू महमद गफार अन्सारीसमेत प्रतिवादी रहेको लागूऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा फरार थिए।
पक्राउपछि दुवै जनालाई महोत्तरी जिल्ला अदालतमा बुझाउने प्रयोजनका लागि इलाका प्रहरी कार्यालय केशरजंगको जिम्मा लगाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार उनीहरूविरुद्ध महोत्तरी जिल्ला अदालतले २०८२ फागुन ४ गते र २९ गते पक्राउ पुर्जी जारी गरेको थियो।


