सुनसरीको बराहक्षेत्रबाट ४१८ किलो गाँजा सहित चार जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराहबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन २३ गते बिहान करिब ५ः३० बजे बराहक्षेत्र–चतरा भित्री सडकखण्डमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१–०२–००२ च ४८५१ नम्बरको कार र को.११ प ५६०१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा कारभित्र २२ वटा प्लास्टिकका पोकामा प्याक गरिएको गाँजाजस्तो देखिने पदार्थ ४१८ किलो फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जिबनी राई पक्राउ परेका छन्।

त्यस्तै, मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीले गाँजासहित कार र मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।