ईलाम र भोजपुर सहित पहिरो र बाढीका कारण विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले साउन २३ गते दिउँसो ३ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा रहेको र केही पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित ठूलो खोलामा पहिरोका कारण सीतापाइला–धार्के सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

भोजपुर नगरपालिका–५ बोखिममा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवालस्थित मेची राजमार्ग र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ स्थित निलदोजे पर्यटक सडकखण्ड (सल्लेरी–लुक्ला) मा समेत वर्षा तथा पहिरोका कारण यातायात प्रभावित भएको छ।

काभ्रेपलाञ्चोकमा बाढीका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको छ। उक्त क्षेत्रमा परिस्थितिअनुसार निश्चित समयमा मात्र सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मकवानपुरको हेटौंडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिम रहेको छ। कान्तिलोकपथमा समेत जोखिमलाई ध्यानमा राखी यातायात व्यवस्थापन गरिएको छ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो, वडा नं. २ कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले सडक प्रयोग गर्दा सावधानी अपनाउन र सम्बन्धित निकायबाट जारी सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।