तेह्रथुममा एलपी ग्यासको उपलब्धताबारे संयुक्त बजार अनुगमन

तेह्रथुम । बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो तथा चासोलाई मध्यनजर गर्दै तेह्रथुममा ग्यास डिलरहरूको संयुक्त अनुगमन तथा निरीक्षण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय तेह्रथुम, जिल्ला प्रहरी कार्यालय तेह्रथुम र सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गुल्म/हेडक्वार्टर जिरीखिम्तीबाट खटिएको संयुक्त टोलीले बजार क्षेत्रमा रहेका ग्यास डिलरहरूको अनुगमन गरेको हो।

अनुगमनका क्रममा डिलरमा रहेको ग्यासको मौज्दात, बिक्री–वितरणको अवस्था तथा उपभोक्ताले ग्यास प्राप्त गर्न भोग्नुपरेको सहजता–असहजताबारे जानकारी लिइएको थियो।

अनुगमनमा सरिमा ग्यास डिलरमा करिब २०० सिलिन्डर र रिजाल ग्यास डिलरमा करिब ३९/४० सिलिन्डर मौज्दात रहेको पाइएको छ। कोशी ग्यास डिलरमा भने तत्काल मौज्दात नरहेको अनुगमन टोलीले जनाएको छ।

अनुगमनका क्रममा तत्काल कुनै किसिमको कैफियत वा अनियमितता फेला नपरेको तथा उपभोक्ताले ग्यास प्राप्त गर्न ठूलो हैरानी व्यहोर्नुपरेको अवस्था समेत नदेखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित ग्यास डिलर सञ्चालकहरूलाई प्रचलित मापदण्ड तथा कानुनी व्यवस्थाअनुसार पारदर्शी र व्यवस्थित रूपमा ग्यास बिक्री–वितरण गर्न आवश्यक निर्देशन दिइएको छ।

अत्यावश्यक वस्तुको आपूर्ति तथा बजार व्यवस्थापनमा देखिन सक्ने समस्या र अनियमिततामाथि सम्बन्धित निकायसँगको समन्वयमा निगरानी तथा अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।