मोरङको लेटाङ वारांगीमा आगलागी, किराना पसल सहित घर जलेर नष्ट

लेटाङ । मोरङको लेटाङ नगरपालिका–७, वारांगीमा आइतबार आगलागी हुँदा किराना पसल तथा होटल सञ्चालन हुँदै आएको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीयका अनुसार टीका धितालले सञ्चालन गर्दै आएको ‘चेल्सिया एण्ड ट्रेडर्स’ किराना पसल तथा होटलमा आगलागी भएको हो। धितालले फमकुमार मगरको घर भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका थिए।

आगलागीबाट पसल तथा होटलमा रहेका खाद्यान्न, फर्निचरलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ। आगोले घरको संरचनामा समेत ठूलो क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। घटनाबाट धितालको व्यवसायमा ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ।

प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।

स्थानीयवासी तथा सम्बन्धित निकायको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताइएको छ। घटनामा मानवीय क्षति भए/नभएको तथा भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।