दुई तले घरमा भिषण आगलागी, १९ लाख बराबरको क्षति

सञ्जय मिश्रा,
रौतहट, २५ साउन।
रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा विद्युत् सर्ट भएर दुई तले घरमा आगलागी हुँदा नगदसहित करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार सोमबार बिहान करिब ७ः४५ बजे खरेल इँटा उद्योगका साहु दीपेन्द्र खरेलको काठले बनेको जस्तापाताको छाना भएको दुई तले घरमा अचानक आगलागी भएको हो। खरेल मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दा हुन्। उनी हाल दुधिअवामा बस्दै आएका छन्।

विद्युत् लाइन सर्ट भएर लागेको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घरभित्र राखिएको २ लाख रुपैयाँ नगदसहित अन्य सामान जल्दा कुल १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक विवरण छ।

 

आगलागीमा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट इन्स्पेक्टर रादेश कुमार खत्रीको नेतृत्वमा ९ जना प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी चौकी दुधिअवाबाट थप ३ जना तथा सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मिनियाबाट इन्स्पेक्टर काजीराम श्रेष्ठको नेतृत्वमा ९ जना सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो।

 

प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा बारा जिल्लाको कोल्हबी नगरपालिकाको दमकलको सहयोगमा करिब डेढ घण्टापछि बिहान ९ः१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

 

घटनाको कारण विद्युत् लाइन सर्ट भएको प्रारम्भिक जानकारी आए पनि आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।