जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार कैदी पक्राउ

सुनसरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८३ साउन २५ गते बिहान ११ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भारतको भागलपुर जिल्ला बिहान थाना घर भएका ३२ वर्षीय मो. सहजादालाई धरान उपमहानगरपालिका–७ स्थित उनको डेराबाट पक्राउ गरेको हो।

सहजादा लागूऔषध मुद्दा नं. ०८१–C१–०५१९ मा सुनसरी जिल्ला अदालत इनरुवाको २०८२ वैशाख ७ गतेको फैसलाअनुसार ३ वर्ष ६ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन्।

फैसलापछि झुम्का कारागारमा कैद भुक्तान गरिरहेका उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

पक्राउ परेका सहजादालाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय धरानमार्फत पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।