कप्तानगञ्जका मृतकको शब एक साता देखि अस्पतालमा, असहयोग गरेकाे भन्दै ४ दलको आपत्ति

काठमाडौं, २५ साउन । तराई मधेस केन्द्रित चार दलले सुनसरीको देवानगञ्ज घटनाका मृतकहरूलाई तत्काल शहीद घोषणा गर्न र पीडित परिवारसँग भएको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन।

सम्झौता कार्यान्वयनमा सरकारले गरेको ढिलाइले पीडितको पीडा र जनआक्रोश बढाउँदै गम्भीर दुर्घटना निम्त्याउन सक्ने तराई मधेस केन्द्रित ४ दलले चेतावनी दिइएका छन्।

 

नेपाल सरकारले पीडित परिवारसँग गरेको लिखित सम्झौतामा मृतकलाई शहीद घोषणा गर्ने, क्षतिपूर्ति उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारी दिने र सात दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्ने स्पष्ट प्रतिबद्धता जनाएको थियो। तर, सम्झौता भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्‌बाट निर्णय हुन नसक्नु सरकारको चरम गैरजिम्मेवारीपन र पीडितप्रतिको संवेदनहीनता भएको चार दलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

काठमाडौंमा उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको एक हप्ता बितिसक्दा पनि शव अन्त्येष्टि हुन नसक्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको जनाइएको छ। कप्तानगञ्जको घटनामा घाइते भएका मेहताको उपचारको क्रममा गत १९ साउनमा शिक्षण अस्पताल, महाराजगञ्जमा निधन भएको थियो, सरकारसँग सहमति हुन नसक्दा सो शव अझै पनि शिक्षण अस्पताल, महाराजगञ्ज शवदाह गृहमा नै रहेको छ।

 

‘यसबाट मृतकका आफन्तले सम्मानपूर्वक अन्त्येष्टि गर्न पाउने अधिकारसमेत कुण्ठित भएको भन्दै सरकारलाई पीडितको धैर्यको थप परीक्षा नलिनु होला’ बिज्ञप्तिमा भनिएको छ।

 

विज्ञप्तिमा देवानगञ्ज घटनाका मृतकहरू ओमप्रकाश मेहता, जयप्रकाश मेहता, सिरहा गोलबजार घटनाका मृतक गणेश यादव तथा उपचारका क्रममा निधन भएका रविन्द्र मेहतालाई तत्काल शहीद घोषणा गर्न माग गरिएको छ। साथै, सम्झौता बमोजिमको क्षतिपूर्ति, राहत र रोजगारी अविलम्ब उपलब्ध गराउन आग्रह गर्दै सरकारले तत्काल न्यायपूर्ण समाधान नखोजे शान्तिपूर्ण तथा सशक्त लोकतान्त्रिक संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।