स्रोत नखुलेको १९ लाख नगद सहित दुई जना पक्राउ
काठमाडौं, २५ साउन । स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका २६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित दुई जना पक्राउ परेका हुन ।
महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका(६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँसहित कfठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

