पोखरेलको प्रतिवेदन अस्वीकार गर्दै बादलद्वारा नयाँ प्रतिवेदन पेस हुने

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) मा नेतृत्व परिवर्तनको सुझावसहित तयार पारिएको प्रतिवेदनलाई लिएर तीव्र विवाद सिर्जना भएको छ।

 

निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलका सदस्यसचिव शंकर पोखरेलले पेस गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै संयोजक रामबहादुर थापा ‘बादल’ ले अर्कै प्रतिवेदन तयार पारेका छन्।

 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सच्याएर अनुकूल प्रतिवेदन ल्याउन निर्देशन दिएपछि संयोजक बादलले बिहीबार छुट्टै प्रतिवेदन बुझाएका हुन्। उक्त प्रतिवेदनमाथि शुक्रबार बस्ने कार्यदलको बैठकमा छलफल हुनेछ। यता महासचिव पोखरेलले पनि आफूले तयार पारेको सुरुवकै प्रतिवेदन सोही बैठकमा पेस गर्ने तयारी गरेका छन्।

 

महासचिव पोखरेलको प्रतिवेदनप्रति लक्षित गर्दै बादलले आफ्नो प्रतिवेदनमा उक्त दस्तावेज निर्वाचन समीक्षाभन्दा बढी अध्यक्ष हटाउने गुप्त उद्देश्यबाट प्रेरित रहेको ठहर गरेका छन्। यस प्रयासलाई २०७७ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ओलीविरुद्ध ल्याएको १९ पृष्ठ लामो आरोपपत्रसँग तुलना गरिएको छ। करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको हारकै कारण पदमुक्त गर्न खोज्नु पार्टी विधान र आन्दोलनविपरीत हुने प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिवेदनमा केपी शर्मा ओलीको नेतृत्वकालमा भएका ऐतिहासिक कामहरूको प्रशंसा गरिएको छ। नयाँ संविधान जारी गर्दाको दृढता, भारतीय नाकाबन्दीविरुद्धको प्रतिरोध, चीनसँगको पारवहन सम्झौता, चुच्चे नक्सा प्रकाशन, भूकम्पपछिको पुनर्निर्माण, सुरुङमार्ग निर्माण तथा सामाजिक सुरक्षा भत्ता वृद्धिजस्ता कामले राष्ट्रिय स्वाभिमान उँचो बनाएको दाबी प्रतिवेदनमा छ।

 

बादलकाे प्रतिवेदनमा महाधिवेशनको स्पष्ट जनमतबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु संस्थागत मान्यताविपरीत हुने उल्लेख गरिएको छ। एउटा मात्र चुनावको विजय वा पराजय नेतृत्व दाबी वा विस्थापनको पर्याप्त कारण बन्न नसक्ने स्पष्ट पार्दै प्रतिवेदनमा इतिहासको स्मरण गराइएको छ।

प्रतिवेदनमा २०१५ सालको आम निर्वाचनमा पार्टीका संस्थापक पुष्पलाल स्वयं काठमाडौँबाट पराजित हुँदा समेत तत्कालीन महासचिव केशरजंग रायमाझी वा पुष्पलालको नेतृत्वमाथि प्रश्न उठेको थिएन।

इतिहासको सोही दृष्टान्त दिँदै प्रतिवेदनमा चुनावको तत्कालीन नतिजालाई लिएर अहिलेको नेतृत्वमाथि एकोहोरो प्रहार गर्नु अन्यायपूर्ण हुने ठहर गरिएको छ।

 

बादलले शुक्रवार प्रस्तुत गर्न खाेजेकाे प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहाेस

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।