नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

काठमाडाैं, २७ भदाैं  ।  नेपालको इतिहासमा भदौ २७ गते राजनीतिक तथा संवैधानिक दृष्टिले महत्त्वपूर्ण घटनाक्रमहरू घटेका छन्, यसैदिन शेरबहादुर देउवा र सुशिला कार्की पहिलाे पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

 

२०५२ः शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री): एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद्‌मा विश्वासको मत गुमाएपछि २०५२ भदौ २७ (१२ सेप्टेम्बर १९९५) गते नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पहिलोपटक नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए। उनले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल सद्भावना पार्टी सम्मिलित गठबन्धन सरकारको नेतृत्व गरेका थिए।

 

२०८२ः (अन्तरिम सरकारको गठन): भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन' पश्चात् उत्पन्न विषम राजनीतिक परिस्थितिलाई साम्य पार्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा स्वतन्त्र व्यक्तिहरू सम्मिलित अन्तरिम सरकार गठन भई उनले प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी थिइन्। यो घटनासँगै प्रतिनिधिसभा विघटन भई नयाँ आमनिर्वाचनको बाटो खुलेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।