सडक ढलानका लागि बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने

काठमाडौं, २७ भदौ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक खण्डअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान कार्यका लागि आज बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा निर्माणधीन १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्न लागेकाले आवागमन ठप्प पारिएको हो। सडक साँघुरो भएको र दुवैतर्फ बस्ती रहेकाले ढलानका क्रममा सवारीसाधनका लागि वैकल्पिक मार्ग बनाउन नसकिने भएपछि सडक पूर्ण रूपमा बन्द गर्नु परेको उनले जानकारी दिए।

सूचना अनुसार आज बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। त्यसपछि साँझ ५:०० बजेदेखि भोलि बिहान १०:०० बजेसम्म भने साना सवारी चले पनि भारी सवारीसाधन (हेभी भेहिकल) सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।