नेपाल चलचित्र कलाकार संघद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा साढे ५ लाखभन्दा बढी सहयोग

काठमाडौं, २७ भदौ । नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रबार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा संघकी उपाध्यक्ष पुजना प्रधान, महासचिव सुनिल कटुवाल, सहकोषाध्यक्ष पवन केसी, सदस्यहरू इन्द्र दोङ खम्बे, नवीनकुमार श्रेष्ठ, मोनिका दाहाल र संगम राई (लब्ली) का साथै चलचित्रकर्मीद्वय पुकार भट्टराई र लव प्याकुरेलको उपस्थिति रहेको थियो।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि कलाकारहरूबाट संकलन गरी कोषमा रकम जम्मा गरिएको संघले जनाएको छ। कार्यक्रममा संघका अध्यक्ष केसीले बाढी प्रभावित क्षेत्र नुवाकोटका जनप्रतिनिधिका रूपमा मन्त्री तिमिल्सिनाले खेलेको भूमिकाको प्रशंसा गर्दै विभागीय मन्त्रीकै उपस्थितिमा रकम हस्तान्तरण गरिएको बताए।

हस्तान्तरण कार्यक्रममा संघका निवर्तमान अध्यक्ष मोहन निरौलाले सामाजिक सेवाको भावनासहित स्थापित संघले कठिन समयमा सरकारसँग सहकार्य गर्दै आफ्नो उत्तरदायित्व पूरा गरेको बताए। संघका अनुसार भदौ २३ गते 'जेन–जी शहीद दिवस' तथा संघको ३८औँ स्थापना दिवसका अवसरमा आयोजित रक्तदान एवं राहत संकलन अभियानमार्फत उक्त रकम उठाइएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।