विराटनगरबाट चोरीका पाँच मोबाइल र नगद सहित दम्पती पक्राउ

विराटनगर । मोरङको विराटनगरबाट प्रहरीले चोरीका पाँच थान मोबाइल र नगदसहित एक दम्पतीलाई पक्राउ गरेको छ।

भदौ २६ गते बिहान करिब ८ बजे विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाँटबाट इलाका प्रहरी कार्यालय रानी र रानी (सीमा) बाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–४ बस्ने २२ वर्षीय कृष्ण साह र उनकी २३ वर्षीया श्रीमती बबिता बुढाथोकीको साथबाट चोरीका पाँच थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट नेपाली नगद ७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय नगद १ हजार ८ सय रुपैयाँसमेत बरामद भएको छ।

बरामद मोबाइलमा Redmi 7, Redmi A5, Samsung, Honor र Apple कम्पनीका एक–एक थान रहेका छन्।

मोबाइल तथा नगदसहित पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।