मोटरसाइकलको ठक्करबाट पाँच पैदलयात्री सहित सात जना घाइते

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–४ नातिनडाँडास्थित बाझकटेरीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्।

बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ सडकमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार व्यक्ति र पाँच जना पैदलयात्री गरी सात जना घाइते भएका हुन्।

मोटरसाइकल मदाने गाउँपालिका–४ धारापानीका १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए। घाइते सबैलाई उपचारका लागि पुर्कोटदहस्थित स्थानीय मेडिकलमा लगिएको छ। मोटरसाइकल चालक खुमबहादुरको उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

घाइते हुनेमा चालक खुमबहादुर सुनार, मोटरसाइकल पछाडि सवार मदाने–४ का २० वर्षीय माधव सुनार, मदाने–२ पञ्चपोखरीकी २६ वर्षीया लक्ष्मी विक, मदाने–२ बाझकटेरी नेटाकी ३५ वर्षीया कबिता भुसाल, उनकी ९ वर्षीया छोरी अर्चना भुसाल, सोही स्थानकी ४० वर्षीया कमला विक र १ वर्षीया सबिना विक रहेका छन्।

घाइतेमध्ये कमला विक र सबिना विक उपचारपछि डिस्चार्ज भएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।