बाढी र पहिरोका कारण तीन प्रदेशका मुख्य राजमार्ग अवरुद्ध, ठाउँ-ठाउँमा एकतर्फी र समयगत प्रतिबन्ध

काठमाडौं, २८ भदौ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो मुख्य सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो।

बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। काभ्रेस्थित बीपी राजमार्गको कुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै समयगत प्रतिबन्ध लगाइएको छ। जसअनुसार १० टनसम्मका मालवाहक सवारी साधनलाई रातिको समयमा मात्र सञ्चालन गर्न दिइएको छ भने मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारी साधनलाई तोकिएको समय तालिका अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलास्थित अरनिको राजमार्ग र रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। नुवाकोटका विभिन्न स्थानका साथै पासाङल्हामु सडकखण्डमा पनि यातायात प्रभावित भएको छ। पहिरोको उच्च जोखिमका कारण टोखा–छहरे सडकखण्डमा भने राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

धादिङस्थित पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएको छ भने सोही गाउँपालिकाका अन्य स्थानमा सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा मर्मत कार्य भइरहेकाले गाडीको चाप हेरेर पालैपालो एकतर्फी रूपमा गाडी छाड्ने गरिएको छ।

उता कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा ठप्प बनेको छ।

गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा बाटो निर्माणको काम भइरहेकाले यातायात प्रभावित भएको छ। उक्त खण्डमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने ठूला सवारीका लागि समेत निश्चित समय तोकेर सडक बन्द गर्ने गरिएको सडक विभागले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।