नेपालको इतिहासमा आज: कोतपर्वअघि गगनसिंहको हत्या भएको दिन

काठमाडाैं, २९ भदाैं । नेपालको इतिहास र राजनीतिमा भाद्र २९ गते का निम्न प्रमुख घटनाहरू जोडिएकाे पाइन्छ । 

 

राष्ट्रिय बाल दिवसः  नेपालले वि.सं. २०४७ भाद्र २९ गते (१४ सेप्टेम्बर १९९०) मा संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको थियो। यसै ऐतिहासिक कदमको सम्झनामा नेपालमा हरेक वर्ष भाद्र २९ गतेलाई ‘राष्ट्रिय बाल दिवस’ का रूपमा मनाउने गरिन्छ।म

 

कोत पर्व अघि गगनसिंहको हत्याः वि.सं. १९०३ भाद्र ३१ (अङ्ग्रेजी तारिख १४ सेप्टेम्बर १८४६) को राति नेपालको इतिहास परिवर्तन गर्ने ‘कोत पर्व’ घटेको थियो। भाद्र २९-३० गते रानी राज्यलक्ष्मीका प्रिय पात्र काजी गगनसिंह भण्डारीको रहस्यमय हत्या भएपछि रानीको आदेशमा भारदारहरूलाई कोतमा जम्मा गरियो, जसको परिणति स्वरूप कोत पर्व भई जंगबहादुर राणाको उदय र १०४ वर्षे जहानियाँ राणा शासनको सुरुवात भयो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।