रातको अँध्यारोमा लालबकैया खोलाबाट काठ तस्करीको प्रयास, २७ क्युबिक फिट साल बरामद

सञ्जय मिश्रा

,

रौतहट, २९ भदौ । रौतहटमा तस्करहरूले रातको समयमा लालबकैया खोलामा काठ बगाएर लैजाने प्रयास गरेका छन्। तर, वन कर्मचारीको गस्ती टोली पुगेपछि तस्करहरू काठ छाडेर फरार भएका छन्।

डिभिजन वन कार्यालय रौतहटको टोलीले सोमबार बिहान करिब २ बजे जङ्गलसहिया सब–डिभिजन वन कार्यालयअन्तर्गत लालबकैया खोलाको गर्जा पुलबाट करिब २ सय मिटर माथिल्लो भागमा पानीमा बगिरहेको अवस्थामा सालको काठ बरामद गरेको हो।

वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढाको संयुक्त टोलीले राति गस्ती तथा निगरानी गरिरहेका बेला खोलाको पानीमा काठ बगिरहेको देखेपछि नियन्त्रणमा लिएको थियो।

काठ बरामद भएपछि जङ्गलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीसहितको थप टोली पनि घटनास्थल पुगेको थियो।

वन कार्यालयका अनुसार बरामद काठमा सालका ४ थान गोलिया र १ थान चौपाटा छन्। पाँच थान काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको छ।

वन कर्मचारी तथा सुरक्षाकर्मीको टोली देखेपछि काठ बगाएर लैजाने समूह अँध्यारोको फाइदा उठाउँदै घटनास्थलबाट भागेको जनाइएको छ।

बरामद काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वन कार्यालयको नियन्त्रणमा राखिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

वन कार्यालयले पछिल्लो समय वन क्षेत्रबाट हुने अवैध कटानी तथा काठ चोरी–तस्करी नियन्त्रणका लागि रातको समयमा समेत गस्ती र निगरानी बढाएको जनाएको छ। सुरक्षाकर्मीसँगको समन्वयमा अवैध वन पैदावार ओसारपसार नियन्त्रणका लागि थप कडाइ गरिने कार्यालयको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।