अटो दुर्घटनामा ज्यान गुमाएका इलामका आमा–छोरीको एउटै घाटमा अन्त्येष्टि
इलाम । अटो दुर्घटनामा ज्यान गुमाएका इलाम–८ तिल्केनीकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको एउटै घाटमा अन्त्येष्टि गरिएको छ।
भदौ २६ गते फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा गम्भीर घाइते भएका आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको थियो। सुस्मिताको भदौ २६ गते राति र कविताको भोलिपल्ट बिहान झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।
माइतीघर हाङ्मासुली जाने क्रममा दुर्घटनामा परेका आमा–छोरीको इलामस्थित बज्रदेवीघाटमा सामाजिक परम्पराअनुसार एकैसाथ अन्तिम संस्कार गरिएको हो।
शुक्रबार साँझ मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेपछि पेट्रोल चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ।

