उपत्यकामा २४ घण्टाभित्र ७८७ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित नियमित जाँचका क्रममा पछिल्लो २४ घण्टामा ७८७ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८७ जना चालक कारबाहीमा परेका हुन्। त्यस्तै, तीव्र गतिमा सवारी हाँक्ने ११७ जना, लेन अनुशासन पालना नगर्ने १२ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने १९ जना र एकतर्फी (वान-वे) सडकमा सवारी साधन चलाउने ४ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

यसैगरी, सवारी साधनको अवस्था ठिक नराखी चलाउने २४ जना र सीसीटीभी फुटेजका आधारमा ६५ जना चालकलाई नियन्त्रणमा लिइएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३८८ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।