ब्राउन सुगर सहित झापा र सुनसरीबाट ४ जना पक्राउ

विराटनगर । झापा र सुनसरीबाट प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

भदौ २९ गते झापाको मेचीनगर नगरपालिका–६ मेचीडाँडाबाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले बिर्तामोड नगरपालिका–८ का २८ वर्षीय विजय राजवंशीलाई पक्राउ गरेको हो। शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका–३ बिर्ताबजारका २२ वर्षीय कुरबान शेखलाई ३ ग्राम ६२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय हेम राईले चलाएको को ३१ प ८८८५ नम्बरको स्कुटर चेकजाँच गर्दा पछाडि सवार सोही स्थानका ४४ वर्षीय जयबहादुर खड्गीको साथबाट १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

ब्राउन सुगरसहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।