अपहरण गरिएको १५ महिने बालकको सकुशल उद्धार,अपहरण गर्ने एक जना महिला पक्राउ

धनुषा । धनुषामा घरको आँगनबाट हराएका १५ महिनाका बालकको उद्धार गरी अपहरणको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोका १५ महिनाका छोरा सिधान्त महतो भदौ १८ गते अपराह्न ४ः४० बजे घरको आँगनमा खेलिरहेका बेला हराएका थिए। बालक हराएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाबाट ६० जनाको प्रहरी टोली परिचालन गरी तालिमप्राप्त कुकुरसहित खोजी थालिएको थियो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा बालकलाई कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले अपहरण गरेको खुलेको हो। शंकित महिलाले बालकलाई नेपाल तथा भारतका विभिन्न स्थानमा ठाउँ परिवर्तन गर्दै लुकाइछिपाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले जिल्लाका विभिन्न नाकामा निरन्तर निगरानी बढाउनुका साथै प्राविधिक अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा भदौ २९ गते दिउँसो करिब ३ः३५ बजे शंकित महिलाले बालकलाई विदेह नगरपालिका–६ स्थित बालककै घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर भागेको प्रहरीले जनाएको छ।

प्रहरीले बालकलाई तत्काल उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालकलाई छाडेर भागेकी पासवानलाई करिब १० मिनेटपछि भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।