अपहरित बालकलाई ११ दिनसम्म नेपाल भारत घुमाई रह्यो

सुभाष कायास्थ/जनकपुरधाम, ३० गते । गत ११ दिनदेखि हराई रहेका धनुषाको विदेह नगरपालिका–६ तिनकौरिया बजारका १५ महिने बालक बाट १२ औं दिन घर नजिकैबाट सकुशल फेला परेका छन् । 

स्थानीय कमलेश महतोका अन्दाजी १५ महिने छोरा सिद्धान्त महतो भदौ १८ गतेदेखि तिनकौरिया बजारबाटै हराएको थियो । प्रहरीले सोही दिनदेखि खोजतलाश शुरु गरेका थिए । अन्ततः घर नजिकैको केराबारीबाट फेला पारेपछि घटनाको रहस्य खुल्यो बालक हराएको होइन अपहरणमा परेको थियो । 

अपहरण आरोपमा प्रहरीले एक महिलालाई पक्राउ समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले भने पहिला हामीलाई सूचना आयो बालक हराएको  छ, सोही आधारमा मधेश प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले परिचालन गरी खोजतलाश अन्ततः घर नजिकै फेला परेपछि बालक अपरहणमा परेको रहस्य खुल्यो । 

अपहरण  भएका ११ दिनसम्म बालक कहाँ थियो भन्ने प्रश्न डिएसपी खनालले भने ‘प्रारम्भिक अनुसन्धानको क्रममा ती महिलाले बालकलाई नेपाल भारत घुमाईरहेको थियो । कहिले आफ्नो घरमा राख्ने त कहिले आफ्नो माइतसहित विभिन्न नातेदार कहाँ भारत बिहारको मधुबनी जिल्लाका विभिन्न स्थान राख्ने गथ्र्यो ।’

उनले थप्दै भने ‘बालकको खोजीमा प्रहरीले निरन्तर फलोअप तथा अनुसन्धान गरिरहेका थियौं सोमवार दिउँसो करीब साढे तीन बजे अपहरित बालकको घरबाट ३ सय मीटरको दूरीमा रहेको केराबारीमा बालक फेला परेपछि अनुसन्धान गर्दै जाँदा कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानलाई पक्राउ गरियौं ।’ 

बालकलाई छाडेर भागेकी पुनिता देवी पासवानलाई बालक हराएको १५÷२० मिनेटमै भारततर्फ भाग्दै गरेको अवस्थामा विदेह नगरपालिका–१ महिनाथपुरस्थित दशगजा क्षेत्रबाट पक्राउ गरियो । उनले के कति कारणले अपहरण गरेको भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन तर उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले जनाएको छ । 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।