खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु
खोटाङ । खोटाङमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो करिब २ः३० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा बाँदर खेदाउने क्रममा भरुवा बन्दुक चलाउँदा गोली लागेर ५३ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ५४ वर्षीय भलबहादुर तामाङले चलाएको भरुवा बन्दुकको गोली लाग्दा श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । उनी भलबहादुरका काकाका छोरा (भाइ) हुन् ।
घटनापछि प्रहरीले भलबहादुर तामाङलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

