मुगुमा ३ घण्टाको फरकमा दुई पटक भूकम्पको धक्का
काठमाडौं, ३१ भदौ । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान तीन घण्टाको अन्तरमा लगातार दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। त्यसको केही समयपछि बिहान ४ बजेर २८ मिनेट जाँदा सोही स्थान (कलाई वरपर) केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो।
यसअघि गत भदौ २६ गते पनि जाजरकोट जिल्लाको कालसेनी केन्द्रबिन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो।

