विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौँ, ३१ भदौ। विश्व ओजोन तह संरक्षण दिवस प्रत्येक वर्ष सेप्टेम्बर १६ मा विश्वभर मनाइन्छ। पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तहको महत्त्वबारे जनचेतना जगाउनु र यसको संरक्षणका लागि पहल गर्नु यस दिवसको मुख्य उद्देश्य हो। यस वर्ष "शीतल ग्रहका लागि विश्वव्यापी कार्य: मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनअन्तर्गत दिगो शीतलनको १० वर्षको उत्सव" भन्ने नाराका साथ यो दिवस मनाइँदै छ।

 

ओजोन तह पृथ्वीको वायुमण्डलको 'स्ट्र्याटोस्फियर' (Stratosphere) मा अवस्थित छ। यसले सूर्यबाट आउने हानिकारक पराबैजनी (UV) किरणहरूलाई पृथ्वीसम्म पुग्नबाट रोक्छ। पराबैजनी किरणले मानव स्वास्थ्यमा छालाको क्यान्सर र मोतियाविन्दुजस्ता समस्या निम्त्याउनुका साथै जल तथा थलका पारिस्थितिक प्रणालीलाई गम्भीर क्षति पुर्‍याउँछ।

 

सन् १९८७ सेप्टेम्बर १६ मा ओजोन तहलाई हानि पुर्‍याउने ग्यासहरूको उत्पादन र प्रयोग नियन्त्रण गर्न ऐतिहासिक 'मोन्ट्रियल प्रोटोकल'मा हस्ताक्षर भएको थियो। सोही दिनको सम्झनामा सन् १९९४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले सेप्टेम्बर १६ लाई ‘अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस’का रूपमा मनाउने घोषणा गरेको हो।

 

रेफ्रिजरेटर, एयर कन्डिसनर र एयरोसोल स्प्रेहरूमा प्रयोग हुने क्लोरोफ्लोरोकार्बन (CFCs) जस्ता रसायनका कारण ओजोन तह विनाश भइरहेको छ। ओजोन तह पातलिँदै जाँदा पराबैजनी किरण सोझै पृथ्वीमा आउने भएकाले मानव, जीवजन्तु तथा वनस्पतिमा गम्भीर असर पर्छ।

 

संरक्षणका उपायहरूमा  हानिकारक ग्यासको नियन्त्रणका लागि सीएफसी मुक्त तथा वातावरणमैत्री प्रविधि वा ग्यासको प्रयोग बढाउने र हरियाली प्रवर्द्धन र ऊर्जा बचत गर्नका लागि वृक्षारोपण गर्ने, नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र ऊर्जाको बचत गर्नु पर्दछ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।