प्रहरीका तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

रौतहट ३१ भदौ । प्रहरीको निगरानी छल्दै तीनवटा बेरिकेट तोडेर भागेको एम्बुलेन्सबाट सिरहामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज१च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएको थियो।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट इन्स्पेक्टर सुनिल चौरसियाको कमान्डमा प्रहरी टोली परिचालन भयो। प्रहरीले एम्बुलेन्सलाई पछ्याउँदै निगरानी बढाएपछि चालकले प्रहरी टोलीको उपस्थितिबारे थाहा पाएका थिए।

प्रहरीका अनुसार चालकले चोहर्वादेखि सिरहासम्म राखिएका तीनवटा प्रहरी बेरिकेट तोड्दै एम्बुलेन्स तीव्र गतिमा भगाएका थिए। प्रहरीले थप टोली परिचालन गरी एम्बुलेन्सको पछ्याइ जारी राखेको थियो।

प्रहरीको निरन्तर दबाबपछि चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर फरार भएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर खानतलासी गर्दा पाँचवटा बोरा फेला पारेको थियो। ती बोराभित्र रहेको पदार्थ तौल गर्दा १०५ किलो गाँजा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बरामद गाँजा र एम्बुलेन्स प्रहरी कार्यालयमा ल्याइएको छ। फरार चालकको पहिचान तथा खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।