अस्वाभाविक मूल्यवृद्धि सहन नसक्ने भन्दै सदनमा सांसद केसीकाे आक्राेश

काठमाडौं, ३१ भदाै। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । धबारकाे प्रतिनिधिसभा बैठकमा उनले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा अत्यावश्यक वस्तुमा चरम महँगी बढेकाे बताए । 

केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभन्दा कम रहेको बताए । घन्टौँ लाइन बस्दा पनि ग्यास नपाउने तर कालोबजारमा प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै पाइने अवस्था रहेको उनको भनाइ छ ।

‘काठमाडौँ उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधाभन्दा कम छ । घन्टौँ लाइन बस्दा पनि ग्यास नपाइने तर कालोबजारमा सजिलैसँग २६०० रुपैयाँ पाइने जुन खालको स्थिति छ, यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ । यो अस्वाभाविक बजार चक्र सङ्कटको आडमा रचिएको घिनौना लुट हो,’ उनले भने .

कानुनी अधिकारको दुहाई दिँदै अनुगमन निकायहरू मूकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन भएको उनले बताए । ‘२० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्र सीमित छ । विपद्को बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो । तर सरकारी निकायहरू यो दुःखको बेला मौनताले आहत जनताको घाउमा नुनचुक छर्किने काम गरिरहेका छन्,’ उनले भने .

रसुवा र नुवाकोटमा आएको भीषण बाढीको तीन हप्ता बितिसक्दा पनि उद्धार तथा राहत प्रभावकारी हुन नसकेको भन्दै केसीले संसद्बाट उच्चस्तरीय समिति गठन गर्न माग गरे । उनले भने, ‘रसुवा, नुवाकोटमा आएको भीषण बाढीको दुःखद वितण्डा तीन हप्ता नाग्यो । यसले हजारौँ नागरिकको जीउज्यान समाप्त पारे, जीवित रहेका दसौँ हजारको पारिवारिक जीवन उजाडेको छ । भने पाँच हजारभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। खोजी कार्य अझै जारी छ ।’

बाढी-पहिरोको संकटका बीच बजारमा खाद्यान्न तथा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै केसीले कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे । उनले भने, ‘राष्ट्रिय शोकको, शोक र विपत्तिको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई बाढी पीडितहरूको उद्धार, राहत र पुनर्स्थापना कार्यमा राज्यलाई सहयोग गर्न चाहन्छौँ। तर त्यसको बाबजुद पनि जुन त्रासदी, यो अहिले देखिएका त्रासदी बाढी–पहिरोको आडमा आम जनताको भान्सामा माथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन।’

उनले चामल, तेल, चिनी, मासु, अण्डा लगायतका खाद्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै महँगी नियन्त्रणमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताए । कृत्रिम अभाव सिर्जना गरी खाद्यान्न तथा इन्धनको मूल्य बढाउँदा गरिब तथा मध्यमवर्गीय परिवार थप समस्यामा परेको उनले बताए ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।