वीरगन्जमा भारतीय कारभित्र ४ पेस्तोल, ६ गोली बरामद

रौतहट, १ असोज । वीरगन्जमा सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको कारबाट चार थान पेस्तोल र SLR का गोली बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–१५ स्थित बास्तु विहार चोकनजिक बुधबार साँझ शंकास्पद अवस्थामा रोकिराखिएको भारतीय नम्बर प्लेटको कार जाँच गर्ने क्रममा हतियार तथा गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले कारबाट सिक्सर पेस्तोल २ थान, कटुवा पेस्तोल २ थान र ७.६२ एमएम SLR का ६ राउन्ड गोली फेला पारेको हो।

बरामद हतियार, गोली तथा भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

कार कसको हो, कसले त्यहाँ ल्याएर रोकिराखेको थियो तथा बरामद हतियार र गोली कहाँबाट ल्याइएको भन्ने विषयमा भने प्रहरीले तत्काल केही खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।