इलामको देउमाईमा बोलेरो दुर्घटना, चालकको मृत्यु
इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैता बस्ने अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेत गाडीले थिचिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

