उदयपुरको कटारीबाट १३० किलो गाँजा बरामद, ओसारपसारमा संलग्न फरार

उदयपुर, १ असोज । उदयपुरको पश्चिमी भेग कटारीबाट सशस्त्र प्रहरी बलले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, ५ नम्बर हेडक्वाटर त्रियुगामातहत रहेको कटारी बेस क्याम्पको टोलीले कटारी नगरपालिका–६ स्थित साँघुरी नजिकैबाट १३० किलो गाँजा बरामद गरेको हो।

विशेष सूचनाका आधारमा खटिएको टोलीले बुधबार राति कटारीको साँघुरीबाट करिब ५ किलोमिटर दक्षिण चुरे जङ्गल क्षेत्रमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। पैदल यात्रा गर्दै गाँजा बोकेर ल्याउँदै गरेका व्यक्तिहरू सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ गाँजा छाडेर फरार भएका थिए।

कारबाहीका क्रममा उनीहरूले छाडेर भागेको स्थानबाट प्रहरीले गाँजाले भरिएका ५ वटा बोरा बरामद गरेको छ। बरामद गाँजा आवश्यक कानुनी कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारीको जिम्मा लगाइएको छ। प्रहरीले घटनामा संलग्न फरार व्यक्तिहरूको खोजीका साथै थप अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।