अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

सञ्जय मिश्रा/ रौतहट, १ असोज। सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लाको हो। अन्तर्जातीय विवाह गरेको भन्दै पूर्णियाका एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन्।

पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले छोरी रियाको पुतला बनाएर गाउँलेको उपस्थितिमा शवयात्रा निकालेका हुन्। त्यसपछि हिन्दू परम्पराअनुसार श्मशानमा पुतलालाई मुखाग्नि दिइएको बताइएको छ।

बीए पहिलो वर्षमा अध्ययनरत रिया गत सेप्टेम्बर ८ मा आफूभन्दा फरक जातका एक युवकसँग घरबाट हिँडेकी थिइन्। छोरी सम्पर्कविहीन भएपछि उनका बाबुले अपहरणको उजुरी दिएका थिए। प्रहरीले खोजी गर्ने क्रममा उनलाई दिल्लीबाट फेला पारेको बताइएको छ।

त्यसपछि अदालतमा बयान दिने क्रममा रियाले परिवारको पक्षमा नभई आफूले रोजेको युवकको पक्षमा बयान दिएको बताइएको छ।

छोरीले आफ्नो इच्छाअनुसार विवाह गरेको विषयलाई बाबुले स्वीकार गर्न नसकेपछि उनले छोरीसँगको सम्बन्ध नै अन्त्य गरेको बताएका छन्। त्यसपछि परिवारले छोरीको मृत्यु भएको प्रतीकात्मक घोषणा गर्दै उनको पुतला बनाएर बुधवार अन्तिम संस्कार गरेको हो। परिवारले अब छोरीको श्राद्धसमेत गर्ने तयारी गरेको बताइएको छ।

प्रेम, अधिकार र सामाजिक प्रतिष्ठाबीचको द्वन्द्व

घटनाले अन्तरजातीय विवाह, पारिवारिक अपेक्षा र सामाजिक प्रतिष्ठाबीचको गहिरो द्वन्द्वलाई सतहमा ल्याएको छ। एकातिर वयस्क व्यक्तिले आफ्नो जीवनसाथी रोज्ने व्यक्तिगत अधिकारको प्रश्न छ भने अर्कोतर्फ अभिभावकले सन्तानको भविष्य र सामाजिक सम्बन्धलाई लिएर राखेका अपेक्षा छन्।

छोरीले आफ्नो जीवनसाथी रोजेकै कारण जीवित व्यक्तिलाई मृत घोषणा गरी पुतलाको अन्तिम संस्कार गर्नु परिवारभित्रको भावनात्मक दूरी मात्र नभई सामाजिक दबाब कति गहिरो हुन सक्छ भन्ने उदाहरणका रूपमा समेत देखिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।