प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । पाँच महिनादेखि झन्डै दुई दर्जन मुलुक राजदूतविहीन छन् । 

प्रधानमन्त्री बालेन असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्दैछन् । यस्तो अवस्थामा पनि अमेरिका, चीन, बेलायत, भारत जस्ता मुलुक राजदूतविहीन हुँदा नेपालको कूटनीतिक क्षमतामा नकारात्मक असर पुग्ने सम्भावना देखिएपछि सम्भवत: आजै रिक्त देशमा राजदूत नियुक्तिको सिफारिस हुने बताइन्छ ।

प्रधानमन्त्री बालेन असोज ६ गते न्युयोर्क प्रस्थान गर्ने, असोज ९ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम छ । बालेनले अमेरिकामा राष्ट्रसंघका महासचिवसँग मात्र भेटवार्ता गर्ने कार्यक्रम छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।