संसद्का तीन विषयगत समितिको बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची

काठमाडौं, ५ असोज । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा विषयगत समितिको बैठक बस्दै छ। सिंहदरबारमा आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो।

बिहान ९ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट देखिएका समस्या, चुनौती र कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायबारे छलफल हुनेछ। बैठकमा कृषि, वन तथा वातावरणमन्त्री, नार्कका कार्यकारी निर्देशक र मातहतका विभिन्न निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख एवं प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ।

यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीप्रभावित क्षेत्रको विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानवअधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल हुने कार्यसूची छ।

यसैगरी, बिहान १० बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी र पहिरोबाट बढी प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट र धादिङ) मा जनजीवन तथा पूर्वाधारमा पुगेको क्षति, पुनःस्थापना, पुनर्निर्माण र त्यसका लागि आवश्यक लगानी व्यवस्थापनका सम्बन्धमा गहन छलफल हुनेछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।