झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापा, ५ असोज । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्ध आजदेखि विशेष खोप अभियान सञ्चालन हुँदै छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १५ गतेसम्म जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जनाएको छ।

जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए

झापामा जेई सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च सतर्कताका साथ यो खोप अभियान सञ्चालन गरिएको हो। जिल्लामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भइसकेको छ। मृत्यु हुने कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको छ।

'लक्षित समूहका कोही पनि नागरिक नछुटुन् भनेर स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी तयारी पूरा गरेका छौँ,' प्रमुख दासले भने, 'यो खोप पूर्ण रूपमा सुरक्षित रहेकाले सबै लक्षित नागरिकलाई खोप लगाउन आग्रह गर्दछौँ।'

स्वास्थ्य कार्यालयका अनुसार गर्भवती महिला, खोपका कुनै तत्त्वबाट गम्भीर एलर्जी भएका वा यसअघि खोप लगाउँदा कडा प्रतिक्रिया (एनाफिलेक्सिस) देखिएका व्यक्तिले यो खोप लगाउनु हुँदैन। ज्वरो आएको अवस्थामा निको भएपछि मात्र खोप लगाउन सल्लाह दिइएको छ।

जेई क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य सरुवा रोग हो। सङ्क्रमित चराचुरुङ्गी तथा सुँगुर-बंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।