सुनसरीको धरानबाट मलद्वारमा लुकाएको ब्राउन सुगर सहित दुई जना पक्राउ

धरान, असोज ७ गते । सुनसरीको धरानबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा असोज ६ गते प्रदेश १–०२–०५५ प ४६६ नम्बरको स्कुटरमा सवार दुई जनालाई चेकजाँच गरेको थियो।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१२ का सुनिल क्षेत्री र धरान–१९ का रुदिन भुजेल रहेका छन्। चेकजाँचका क्रममा सुनिल क्षेत्रीले मलद्वारमा लुकाएर राखेको अवस्थामा ५ ग्राम २८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

लागूऔषध बरामद भएपछि दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।