टिभीको तार सर्ट हुँदा १० वर्षीय बालकको ज्यान गयो, चारजना घाइते

रौतहट, ९ असोज । बाराको कोल्हवीमा टिभी चलाउने क्रममा करेन्ट लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ । करेन्ट लागेका बालकलाई छुट्याउन खोज्दा परिवारका सदस्यसहित चार जना घाइते भएका छन् ।

कोल्हवी नगरपालिका–३ जुगुवा टोलका श्याम रामका १० वर्षीय छोरा आकाश रामलाई शुक्रबार दिउँसो करिब १२ बजे टिभी चलाउने क्रममा तार सर्ट भएर करेन्ट लागेको हो ।

गम्भीर घाइते भएका आकाशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । तर, अस्पताल पुर्‍याउँदा चिकित्सकले ईसीजी परीक्षण गरी उनलाई बाटोमै मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले बताए ।

करेन्ट लागेका आकाशलाई छुट्याउने क्रममा उनकी करिब ७० वर्षीया हजुरआमा ऐतबरिया, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय पाचु रामकी ४० वर्षीया श्रीमती फूलकुमारी राम र बिगम शर्माकी ४१ वर्षीया श्रीमती अनिता शर्मा घाइते भएका छन् ।

ऐतबरिया, निलम र फूलकुमारीको स्थानीय तामागढी अस्पताल तथा अनिताको पनि सोही क्षेत्रको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये ऐतबरिया, निलम र फूलकुमारीको अवस्था मध्यम तथा अनिताको अवस्था सामान्य रहेको डीएसपी घलेले बताए ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा घटनाको मुचुल्काका लागि इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक सविनकुमार कार्कीको नेतृत्वमा टोली खटाइएको डीएसपी घलेले जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖