सुनसरीबाट भन्सार छलीका सामान र टेम्पो सहित चालक पक्राउ
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा र टेम्पोसहित एक जनालाई पक्राउ गरेको छ।
बुधबार राति करिब ११ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी रामगञ्ज बेलगछियाबाट खटिएको संयुक्त टोलीले हुलाकी राजमार्गमा को २ ह २७५१ नम्बरको टेम्पो जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइएका करिब ४ लाख ५० हजार रुपैयाँ मूल्यका लत्ताकपडा बरामद गरेको हो।
प्रहरीले टेम्पो चालक मोरङको विराटनगर महानगरपालिका–११ बस्ने ३८ वर्षीय देवेन्द्र खड्कालाई नियन्त्रणमा लिएको छ।
उनलाई बरामद सामान र टेम्पोसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

