चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, १४ असोज । सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिको बैठक आज बुधबार बस्दै छ। आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउने विषयमा छलफल हुनेछ। बैठकमा धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा सम्बद्ध निकाय र सङ्घ-संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।

यसैगरी, बिहान ९:३० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ। बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका कैदीबन्दीहरू र बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थाबारे तयार पारिएको निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल गरी पारित गर्ने र उक्त प्रतिवेदन सदनमा पेस गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी सम्मेलन (कोप-३१) को तयारी तथा कृषि, वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारबाहीबारे छलफल हुने कार्यसूची छ। विधायन व्यवस्थापन समितिको बैठकमा भने ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖