सुनसरीमा भन्सार छली ल्याइएका १ लाख ८० हजारका पूजा सामग्री बरामद
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–६ शुक्रबारेबाट भन्सार छली अवैध रूपमा ल्याइएका करिब १ लाख ८० हजार रुपैयाँ मूल्यका पूजा सामग्री प्रहरीले बरामद गरेको छ।
असोज १३ गते दिउँसो अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले सामग्री बरामद गरेको हो।
बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

